अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’लाई मुख्य कारण ठहर गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिनुभएको छ ।
सांस्कृतिक रूपमा धनी मानिएको नेवार समुदाय भित्र रहेको एक परम्परालाई तोडिएको कथाको रूपमा प्रस्तुत भएको चलचित्र प्रदर्शनीमा आएको छ।
कालीगण्डकी गाउँपालिका–३, लसर्घा आलमदेवी देउरालीमा जनज्योति युवा क्लबले आयोजना गरेको ३९औँ खुला पुरुष भलिबलमा गल्याङ नगरपालिका–७ विजेता बनेको छ ।
भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा शनिबार काठमाडौँमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुनेछ ।
झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।
झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शनिबार बिहान करेन्ट लागेर मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानको ज्यान गएको हो ।
तनहुँको व्यास नगरपालिका–५, मानुङकोट जाने सडकबाट शनिबार देखिएको कुहिरो र कुहिरोभित्रको पतेनी गाउँ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिक –१ सामागाउँमा अबस्थित बिरेन्द्र ताल आन्तिरिक तथा बाह्रय पर्यटकहरुको प्रमुख आकर्षण बन्दै गएको छ ।
शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग.३ च. ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।
महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका-९, बथनाहाको छठु महतोको घर र टोलमा अहिले खुसियाली छाएको छ । मरिसकेको भनेर सम्झिएका छोरा एक्कासी तीन वर्षपछि घर फर्किएपछि घर र टोलमा खुशियाली देखिएको हो ।
हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबिचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ ।
निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक भएपछि स्पेनमा उहाँको राजनीतिक विरासत र दिवङ्गत तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे व्यापक बहस सुरु भएको छ ।