शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक २२ गते । भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सुचना जारी गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द रहने जनाएको हो ।
आइतबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र सुपौल जाने सबै सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
बिहारका मधुवनी, सुपौलसहित २० जिल्लाको १२२ विधान सभा सिटका लागि दोस्रो चरणको मतदान मङ्गलबार हुँदैछ ।