पुस्तकालयविद् जुजुभाइ डङ्गोलको पुस्तक ‘पुस्तकालय : अध्ययन संस्कृतिका आधार” सार्वजनिक भएको छ । सो पुस्तकको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पुस्तकालयका संस्थापक अध्यक्ष डा. नारायण खड्कालगायतले लोकार्पण गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणले हिउँदयामको विद्युत् आयातलाई थप सुनिश्चित र दिगो बनाउने गरी भारतबाट विद्युत् खरिद गर्न प्रतिस्पर्धाकै आधारमा सम्झौता भएको जनाएको छ । प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताव गरेका दुई कम्पनीमध्ये सस्तो दर प्रस्ताव गरको कम्पनीमार्फत विद्युत् आपूर्ति गर्न सम्झौता गरिएको स्पष्ट पारेको हो ।
मंगल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी लगातार दोस्रो पटक महेन्द्र रत्न माध्यमिक विद्यालयले जितेको छ ।
लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो ।
सरकारले राँगाभैँसी खरिद, गोठ निर्माण र घाँस लगाउनका लागि किसानलार्ई ५० प्रतिशतसम्म अनुदानको उपलब्ध गराउने व्यवस्था गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लागि राँगाभैँसी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधिमार्फत सो व्यवस्था गरेको हो ।
सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको समस्या समाधान हुने भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न पेसागत सङ्घ संस्थाबिच भएको वार्तापछि तीनबुँदे सहमति भएको छ ।
नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागका सदस्य र प्रदेश सम्पर्क व्यक्ति तोकेको छ । संयोजक रक्षा बमका अनुसार जेनजी विद्रोहलाई संस्थागत गर्ने र जेनजी अभियानप्रति शुभेच्छा र सद्भाव राख्नेलाई सङ्गठित गराउने प्रयासस्वरूप फ्रन्टलाई विस्तार गरिएको हो ।
हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो पराहिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन–वे किनारका बत्तीमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि अर्को सूचना नआउँदासम्म उडान तथा अवतरण प्रभावित भएको हो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ।
नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् । थारू नागरिक अभियानले शनिबार यहाँ आयोजना गरेको संवाद कार्यक्रममा वक्ताहरुले सो सुझाब दिएका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।