केही दिनदेखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुको चार पालिकाले विद्यालय बन्द गरेका छ । केही दिनदेखि जाडो बढेपछि जिल्लाको कपिलबस्तु नगरपालिका, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालय बन्द गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ। पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए।
क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।
गुल्मीमा विद्यार्थीलाई उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिन थालिएको छ।
कृषि विकास बैंक तुलसीपुर शाखाले सामग्री हस्तान्तरण गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी अपाङ्ग समाज सुधार केन्द्रलाई सामग्री हस्तान्तरण गरेको हो ।
बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्नेगरेको छ । नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ आसपासमा ब्यवसाय गर्ने स्थानीय जाडो छल्न बेंसी झरिसकेका छन् ।
नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको एकल नाम सिफारिस गरेको छ।
यसभन्दा अघि आर्दश नगरमा होटल दियालो प्लाजामा किग्ङस क्यासिनो र होटल सुरजमा फरचुन सिटी गैमिग्ङ क्यासिनो वीरगञ्ज गण्डकस्थित होटल क्लार्क रिसोर्टमा गोल्डेन फिगर क्यासिनो सञ्चालनमा रहेको छ।
ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २२ गतेबाट हुने भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले ६ जना पत्रकारलाई सम्मान गरेको छ। हरेक वर्ष तमू ल्होसारको अवसरमा प्रदान गर्ने पत्रकारिता पुरस्कार बुधबार वितरण गरिएको हो।
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को एक सय २४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ ।