गोरखापत्र संस्थान आम्दानी तथा बिलिङ शाखाको पाँचौँस्तर कार्यालय सहयोगी रामकृष्ण श्रेष्ठको आज बिदाइ गरिएको छ ।
मङ्गलबार इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर कीर्तिमान बनाउनुभयो । यस्तै बुधबार भारतका वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा ५९ बलमा एक सय ५० रन जोड्दै सबैभन्दा कम बलमा उक्त रन जोड्ने कीर्तिमान रच्नुभयो ।
बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
उर्जा, भौतिक, सहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शिताको मामिलामा कतै सम्झाैता नगरेको बताउनुभएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने÷नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ ।
टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।
दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ ।
बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।
नवलपुरमा पुष १२ गते आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ ।
अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।