निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मधेसकेन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको पोस्टरले गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ ।
कलाकार प्रभाकरदेव शर्माको शब्द, सङ्गीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गर्नुभएको छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा कायम भएको छ ।
नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ ।
मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो ।
ग्लोबल आइएमई बैङ्क र डिएआई उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने भएको छ । बुधबार सम्पन्न यससम्बन्धी सम्झौता अनुसार डिएआई उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउने छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा थप ६० सांसदलाई सरिक हुने अनुमति सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उहाँहरूलाई मुद्दाको कामकारबाहीमा सरिक हुन दिने आदेश गरेको हो । नेपाली कांग्रेसका ५७ तथा अन्य दुई दल र एक स्वतन्त्र गरी विघटित प्रतिनिधि सभाका ६० सांसदले मुद्दामा सहभागी हुनका लागि मङ्गलबार पूरक निवेदन दिएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउनेसहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको हो ।
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ ।