नेपाल भ्रमणमा आउने विदेशी नागरिक अनिवार्य निगरानीमा परेका छन् । सरकारमातहत रहेको अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमार्फत देशको सुरक्षा व्यवस्थासँगै प्रणालीबाट सरकार, पर्यटन सम्बन्धित निकाय तथा एकीकृत सूचना प्रणाली अभिलेखीकरण गर्ने गरी उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन सामग्री खरिदलगायत प्रक्रिया अगाडि बढाएको छ । आयोगले यसअघि खरिद गरी मौज्दात रहेकाबाहेक अन्य सामग्री खरिद गर्न लागेको हो । आयोगको केन्द्रबाहेक प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट हुने खरिदका लागि पनि अख्तियारी प्रदान भइसकेको छ । निर्वाचनका लागि दुई महिना अवधि बाँकी रहेको अवस्थामा आयोगले आन्तरिक तयारीलाई समेत तीव्रता दिएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट २ जना पर्नुभएको छ ।
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । बगैँचामा रोगको प्रकोप बढेसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले उत्पादन घट्ने कृषि विकास कार्यालय सल्यानको अनुमान छ ।
विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो।
वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ।
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन बिहीबार जनकपुरधामको जानकी मन्दिरमा पुजाअर्चना गर्ने नेपाली र भारतीय पर्यटकको भिड लागेको छ ।
चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ ।
सन् २०२५ लाई फर्केर हेर्दा नेपालको राष्ट्रिय खोप कार्यक्रमले स्वास्थ्य क्षेत्रमै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको देखिएको छ।
प्रहरीले ६५ लाख नगद र गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ।