• १७ पुस २०८२, बिहिबार

विद्यार्थी र ज्येष्ठ नागरीकालाई न्यानो कपडा

blog

न्यानो कपडा वितरणपछि विद्यार्थी र ज्येष्ठनागरिक ।

कविराज घिमिरे 

हिले, पुस १७ गते । चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो । 

पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकिएको छ । 

चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेपछि तथा विद्यार्थीलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको राईको भनाइ छ । विद्यार्थीसँगै पालिकामा रहेका ज्येष्ठ नागरिकलाई समेत न्यानो सिरक वितरण गर्न लागिएको समेत पालिकाले जानकारी दिएको छ । पालिकाभरीका १४६ ज्येष्ठ नागरिकलाई समेत न्यानो सिरक वितरण गर्न लागिएको हो ।