बेनीमा महिलालाई आयआर्जनसँग जोड्नका लागि परम्परागत नौमती बाजाको तालिम दिन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई बाजा बजाउने तालिम दिन लागिएको हो ।
चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ । मधेशको सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रणबारे सङ्क्षिप्त प्रकाश पार्छ । एक मिनेट २९ सेकेन्ड लामो टिजरले दाइजो, दाजुबहिनीबिचको प्रेम सम्बन्ध पनि दर्साइएको छ ।
खस्यौली रोधीघर बुटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिताको उपाधि जितेको छ । खस्यौली रोधीघरले उपाधिसँगै ८८ हजार ८८८ रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश दोस्रो तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा तेस्रो भए । रुपन्देही रोदीघर सान्त्वना भएको छ । दोस्रोले ४४ हजार ४४४, तेस्रोले २२ हजार २२२ र सान्त्वनाले ११ हजार १११ रुपियाँ प्राप्त गरे ।
नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवसको अवसर पारेर समाजले दुई साहित्यकारलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा अभि सुवेदीले छन्दकवि प्रह्लाद पोखरेललाई ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ प्रदान गर्नुभयो । पोखरेललाई सम्मानका साथ नगद राशि २१ हजार १११ रुपियाँसमेत प्रदान गरिएको थियो ।
कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन बिमा कम्पनीमा परेका तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपियाँ दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख बिमितलाई भुक्तानी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानलाई च्याउ खेती वरदान हुने सम्भावना देखिएको छ । पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
आन्तरिक राजस्व कार्यालयले दिने सेवा बिहीबारदेखि स्थानीय तहबाट सुरु भएको छ । बिहीबार टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर जारी गरी सेवा सुरु गरिएको हो । यसअघि आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले दिइरहेको सेवा अब टीकापुर नगरपालिकाको आन्तरिक राजस्व शाखाबाट दिइने छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत भदौको जेनजी आन्दोलनका कारण नेपाल भित्रने पर्यटक घट्न सक्ने अनुमानविपरीत विदेशी पर्यटकको सङ्ख्या भने बढेको छ । नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी विश्लेषणात्मक तथ्याङ्क अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन त्यसअघिको सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो । सो वर्ष ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । नेपालमा अभौतिक सम्पत्ति कारोबारबारे राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबारमा युवापुस्ता धेरै संलग्न रहेको औँल्याएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण र कार्यान्वयनसमेतको जिम्मेवारी पाएका स्थानीय तहहरूलाई स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
गोरखापत्रकर्मी इश्वरचन्द्र झालाई मातृशोक परेको छ । उहाँकी आमा इन्दुदेवी झाको ८१ वर्षको उमेरमा बिहीबार धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित घरमा निधन भएको हो ।