• १८ पुस २०८२, शुक्रबार

‘प्रतिवैरम’ को टिजरमा मधेशको कथा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १८ गते । चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ । मधेशको सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रणबारे सङ्क्षिप्त प्रकाश पार्छ । एक मिनेट २९ सेकेन्ड लामो टिजरले दाइजो, दाजुबहिनीबिचको प्रेम सम्बन्ध पनि दर्साइएको छ ।  

रोशन दासद्वारा निर्देशित चलचित्रमा रमेश बुढाथोकी, नवीन श्रेष्ठ, प्रदीप ढकाल, सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, आलिशा बाँस्तोला, रोन्नी यादव, बिकी शाह, गीताश्रीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक दासले मधेशका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढङ्गले पस्किएको बताउनुभयो । 

रेज इन्टरटेनमेन्टले किङ वाइटीसँग सहकार्यमा निर्माण भएको चलचित्र नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको हो । चलचित्रको कथा निर्देशक दास स्वयम्को हो भने पटकथा युवराज भट्टराईले लेख्नुभएको हो । चलचित्र २०८३ सालको जेठ महिनामा प्रदर्शन हुने निर्देशक दासले बताउनुभयो ।