बागमती प्रदेशमा प्रदेश सभा सदस्य, नगरपालिका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमाले रहेका छन् ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिकाले बालबालिकाको दन्त स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित कार्यक्रम सुरु गरेको छ। ‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ नाम दिइएको कार्यक्रम बिहीबारदेखि गोदावरी नगरपालिका–१४ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।
जननेता स्वर्गीय मदनकुमार भण्डारीको ताप्लेजुङस्थित जन्मघर पुनर्निर्माण तथा पार्क निर्माण गरिने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै चारजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नु भएको छ ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ ।
मेटलाइफ नेपालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाणका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट छ जनालाई पक्राउ गरेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा ८ मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरमा ४५ जनाले ६१ लाख भन्दा बढी रकमको अक्षयकोष स्थापना गरेका छन् ।
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङगा खोला कटानको जोखिममा पर्दै आएको छ ।
सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताउनुभएको छ ।
ताप्लेजुङ, पुस १७ गते । हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले २८ करोड अमेरिकी डलर मूल्य बराबरका २९ वटा परियोजना स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जित्नु भएको छ ।