बुटवल, पुस १८ गते । खस्यौली रोधीघर बुटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिताको उपाधि जितेको छ । खस्यौली रोधीघरले उपाधिसँगै ८८ हजार ८८८ रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश दोस्रो तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा तेस्रो भए । रुपन्देही रोदीघर सान्त्वना भएको छ । दोस्रोले ४४ हजार ४४४, तेस्रोले २२ हजार २२२ र सान्त्वनाले ११ हजार १११ रुपियाँ प्राप्त गरे ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पभेलियनमा ३९ जिल्लाका टिमको सहभागिता रहेको थियो । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको कोषाध्यक्ष विशाल बेल्बासेले बताउनुभयो ।