• १७ पुस २०८२, बिहिबार

अमेरिका आयात हुने फर्निचरमा करवृद्धि स्थगित

blog

वासिङ्टन, पुस १७ गते । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक वर्षका लागि पर सारिएको जानकारी गराएको छ। 

यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।

अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक बर्ष पछि सार्नेगरी स्थगित गर्ने बताउनुभएको हो । प्रशासनले सन्  २०२६ जनवरी १ देखि केही असवाव फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत करवृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ। 

स्तुको आयातका लागि जारी फलदायी वार्तालाई मध्यनजर गर्दै राष्ट्रपतिले अन्य मुलुकसँग थप वार्ताका लागि भन्सार वृद्धिमा ढिलाइ गर्ने घोषणा गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 सन् २०२५ मा राष्ट्रपति ट्रम्पको कर नीतिले स्टिलदेखि कारसम्मका सामानहरूको आयातमा असर गरेको थियो । प्रशासनले थप अनुसन्धान जारी राखेको र नयाँ करहरूको घोषणा गर्न सक्ने सम्भावना रहेको बताएको छ। 

अक्टोबरमा आयातित ‘सफ्टवुड’ र काठमा १० प्रतिशत शुल्क लागू भएको थियो साथै केही असबाबवाला फर्निचर र किचेन क्याबिनेटहरूमा २५ प्रतिशत शुल्क लगाइएको थियो।

ट्रम्प प्रशासनले अमेरिकी उद्योगलाई बढावा दिने र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा यो करलाई उचित ठह¥याएको थियो ।

बिहीबारदेखि लागू हुने उच्च दरले भियतनाम र चीनजस्ता देशहरूबाट हुने आयातलाई असर गर्नेछ । चीन र भियतनाम संयुक्त राज्य अमेरिकामा आयातित फर्निचरको प्रमुख आपूर्तिकर्ता हुन् । अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लागू गरिएको देशव्यापी करवृद्धिको वैधानिकतामाथि फैसला सुनाएको छ।

रासस,एएफपी