संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ ।
यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।
एनएमबी बैँक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
जिल्ला सहकारी सङ्घ बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ । सङ्घको १७ औं वार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय राजकुमार हुमागाई रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय, भैरहवा अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रदान गर्दै आएका सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउँदा छ लाख ९० हजार राजस्व सङ्कलन भएको छ ।
थारू समुदायको मुख्य पर्व माघ (माघी) को अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी तीव्र पारिएको छ ।
मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।
हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधिन पक्कि पुल चालु आव २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ ।
आदीवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको विज्ञहरूले बताएका छन् । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारु समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले थारु समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी प्रसुति गृह लोखरममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएका निर्वाचन प्रहरीमा लमजुङका युवा युवतीको आकर्षण देखिएको छ । लमजुङमा एक हजार ३०६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।