तिलाचन पाण्डे
तम्घास (गुल्मी), पुस २६ गते । गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउँदा छ लाख ९० हजार राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १३२ जनाले राहदानी बनाउँदा राजस्व सङ्कलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १२४, प्रतिलिपि १३७, नाबालक परिचयपत्र १०, राहदानीको आवेदन सङ्कलन १३२, राहदानी वितरण ४७१, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३०१, राष्ट्रिय परिचयपत्र वितरण २८२, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३२ भएको छ ।
यस्तै ११ वटा संस्था दर्ता तथा नवीकरणबाट १९ हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख २० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको प्रशासन कार्यालयका पदाधिकारीको भनाइ छ ।