बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।
सन् १९७८ पछि चीनमा भएको आर्थिक रूपान्तरण आधुनिक विश्व विकास इतिहासका सबैभन्दा उल्लेखनीय घटनामध्ये एक हो । सन् १९७८ डिसेम्बरमा देङ स्याओपिङको नेतृत्वमा सुरु भएको सुधार र खुलापन नीतिले चीनलाई केन्द्रीकृत योजना प्रणाली र बन्द अर्थतन्त्रबाट क्रमशः बजार–उन्मुख अर्थतन्त्रतर्फ मोड्न सफल भयो । त्यसबेला चीन मुख्यतः कृषिमा आधारित अर्थतन्त्र थियो, जसको अन्तर्राष्ट्रिय व्यापारमा सं
जेनजी आन्दोलनबाट ठुलो क्षति ब्यहोरेपछि कालिका नगरपालिकाको नियमित विकास निर्माणको काम प्रभावित बनेको छ । नगरपालिकाको विकास बजेट आगजनी र तोडफोड भएका भौतिक संरचनामा खर्च गर्न परेपछि शुक्रबार सम्पन्न आठौं नगरपरिषद्ले बजेट परिमार्जन गरेर सो तर्फ लगानी गर्ने निर्णय गरेपछि नियमित योजनाहरुको बजेट प्रभावित बनेको हो ।
जतिखेर पहिचानसहितको सङ्घीयताको मुद्दाले सडक बलिरहेको थियो । पहिलो संविधान सभा विघटन उन्मुख थियो । सदियौँदेखि राज्यबाट दमित जनजाति, सीमान्तकृत समुदाय दिउँसो पत्थर र साँझमा राँको लिएर काठमाडौँका सडकमा ओर्लिएका थिए । कोटेश्वरस्थित किरात राई यायोक्खाको हलमा गर्मागर्मी बहस हुन्थ्यो । पहिचानको मुद्दा तत्कालीन नेकपा (माओवादी) ले परालको
जुन दिनदेखि तिम्रो झेली सिंहदरबार समृद्धिको कर्कस सिट्ठी फुक्दै मेरो गाउँ पस्यो, हराउँदै गए
महोत्तरी जिल्लामा पछिल्लो समय अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि त्यसको प्रत्यक्ष मारमा परेका विपन्न, असहाय तथा जोखिममा रहेका परिवारलाई लक्षित गर्दै लायन्स क्लब अफ बर्दिवास समाजले न्यानो फाइबर सिरक र म्याट वितरण गरेको छ ।
हरेक आँखाका आँगनमा सपनाको बिस्कुन सुकाउन आफैँले आफूलाई ताल्चा लगाएर म बस्न सक्दिनँ ।
नदी जस्तै घडीको टिक टिक जस्तै कहिले छालमा उफ्रिन्छ कहिले शान्त पोखरीमा थामिन्छ ।
स्कुले जीवनको उत्सुकतामा आँधीखोलाको मुहान कहाँ होला भन्ने भइरहन्थ्यो । पर्वत र स्याङ्जाको सिमाना कार्कीनेटाको पूर्वतिरको पानीढलोबाट बग्ने आँधीखोला मूलतः स्याङ्जा जिल्लालाई बिचमा विभाजन गर्दै अन्य खोलासँग मिसिएर तल तल बग्दै कालीगण्डकीमा गएर मिल्छ । रङ्गेठाँटीको स्कुल त्यसताकाको त्यो क्षेत्रको एक मात्र हाइस्कुल प्रद्युम्न पनेरू माध्यमिक विद्यालय थियो । अहिले यो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा पर्छ । यो विद्यालय स्याङ्जा जिल्लाकै पुरानो विद्यालयमध्ये
बढ्दै गएको चिसो मौसम । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै घामका पाइला ओर्लिएका थिए । भरिभराउ थिए, विद्यार्थी तथा अभिभावक । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा पुस १० गते सहभागी बन्ने अवसर मिल्यो । बाबाआमाको साथमा म र बहिनी अर्पणा उपस्थित थियौँ । बहिनी पनि व्यवस्थापन विषयमा स्नातक तहको प्रमाणपत्र लिँदै थिइन् । हामी दिदीबहिनीका ला
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
कात्तिक महिनाको २ गते भर्खरै दसैँ सकिएर तिहार लाग्ने सुरसार हुँदै थियो । गाउँघरका आँगनका डिलमा सयपत्री, मखमली, घडीफूलसँगै रातमा पारिजात फूल मगमग बास्ना छर्दै फुल्न थालेको थियो । कात्तिक महिना बिहानबेलुका हलुका चिसो बडेसँगै जोगी रातमा भूतप्रेत देसान मसान छेक्न फेरी हाल्दै गाउँघर घुम्न थालिसकेका थिए । तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन
अङ्ग्रेजसँग भएका विभिन्न लडाइँमध्ये नालापानीको युद्ध नेपाली इतिहासमा निकै महìवपूर्ण र साहसिक मानिन्छ । देहरादुनदेखि दुई कोस (चार माइल) उत्तरपूर्वमा नालापानीको किल्ला रहेको छ । यो किल्ला बनाउन मद्दत गर्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहले नहानमा रहेका बडाकाजी अमरसिंह थापाका छोरा रणवीरसिंह थापालाई पत्र लेखेका थिए । यसबाट नालापानी किल्लाको मह
वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।