नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीको सञ्चित घर बिदाबापतको रकम वार्षिक रूपमा भुक्तान गर्र्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । निजामती कर्मचारीले सेवा अवधिभर १८० दिन घर बिदा पाउने र सोबापतको रकम सेवाबाट अवकाश हुँदा मात्र पाउने व्यवस्था छ ।
गोरखापत्र दैनिकले प्रकाशन गर्दै आएको लोक सेवा तयारीसम्बन्धी सामग्री अब सामाजिक सञ्जालका निजी खातामा पनि उपलब्ध हुने भएको छ । लोक सेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका पाठकलाई लक्षित गरी गोरखापत्रमा प्रत्येक बुधबार नियमित रूपमा प्रकाशन हुँदै आएको ‘ज्ञान सागर’ अब निःशुल्क रूपमा मोबाइलमार्फत पनि उपलब्ध गराइने छ ।
नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो ।
गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।
कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र श्रीनगरमा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुभयो ।
नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।
सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।
आगामी फागुन२१ गते हुने आम निर्वाचनका लागि जिल्लाम ८ मतदान स्थललाई अति सम्वेदनशील र २९ स्थानलाई सम्वेदनशीलमा वर्गीकरण गरिएको छ ।
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ ।
पोखरा महानगरपालिकाको ल्यान्डफिल साइटबारे स्थानीय र पोखरा महानगरबिच समझदारी नहुँदा विवाद चर्किएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।