• २६ पुस २०८२, शनिबार

म्याग्दीका ८ मतदान स्थल अति सम्वेदनशील

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २५ गते । आगामी फागुन२१ गते हुने आम निर्वाचनका लागि जिल्लाम ८ मतदान स्थललाई अति सम्वेदनशील र २९ स्थानलाई सम्वेदनशीलमा वर्गीकरण गरिएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यकाअनुसार जिल्ला भित्रका कुल ८२ स्थानका एक सय २० मतदान केन्द्र रहेको र त्यसमध्ये ८ मतदान स्थललाई अति सम्वेदनशील, २९ स्थानलाई सम्वेदनशील र अन्य मतदान स्थललाई सामान्य मतदान स्थलका रुपमा वर्गीकरण गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘‘सुरक्षा सम्बेदनशीलताका हिसाबले हेर्दा अहिले पछिल्लो वर्गीकरणअनुसार यस्तो अवस्था आंकलन गरीएको भएपनि सुरक्षा सम्वेदनशीलताअनुसार परिवर्तन हुन सक्छ ।’’

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार आम निर्वाचन २०७९ मा ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य गरी ८६ हजार एक सय २० जना मतदाता मतदानका लागि योग्य थिए ।

बसाइ सराइ गरेर गएका, नाम दोहोरीएका र मृत्यु भएर हटेकाहरु हटाए पछि २०८२ कार्तिक १६ गते सम्म १८ वर्ष पुरा भएका पुरुष ४१ हजार एक सय ७४ र महिला ४३ हजार तीन सय ४५ र अन्य एक जना गरी कुल ८४ हजार पाँच सय २० जना रहेका थिए । 

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका सुचना अधिकारी गोविन्दबहादुर थापाका अनुसार निर्वाचन प्रयोजनका लागि नामावली संकलन पछि २०८२ फागुन २१ गते सम्म ४२ हजार तीन सय ३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ जना मतदाता कायम हुनेछन् ।

फागुन २० गतेसम्म १८ वर्ष पुरा भएकाले मतदान गर्न पाउने भएकाले अब यही संख्याले नै मतदान गर्ने सुचना अधिकारी थापाले बताउनुभयो ।