बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बुद्ध एयरले राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालन गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि रात्रिकालीन उडान अझै सुरु हुन सकेको छैन।
थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ । थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उहाँलाई सम्मान गरेको हो ।
एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।
थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नु भएको छ ।
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
रुसले युक्रेन विरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।
चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
युद्धविरामको बावजुद गाजामा भएको इजरायली आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
तनहुँको सदरमुकाम दमौलीमा १३ भन्दा बढी जातजातिको साझा सांस्कृतिक उत्सव सुरु भएको छ । ‘छैटौँ तनहुँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ को अवसरमा १५१ भन्दा बढी सांस्कृतिक समूहले आ–आफ्नो मौलिक पहिचान झल्कने झाँकी र नृत्य प्रदर्शन गरेका छन् ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।
इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्णरूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् ।