• २६ पुस २०८२, शनिबार

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल वितरण

blog

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका प्रमुख राजु थापा कम्बल वितरण गर्दै । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, पुस २५ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।

गुल्मले २५ औं सशस्त्र प्रहरी दिवस–२०८२ को अवसर पारेर नगरपालिका अन्तर्गतको विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई जाडोको समयमा शीतलहरबाट बच्न न्यानो कम्बल वितरण गरेको हो ।

गुल्मका प्रमुख राजु थापाले २० जना विपन्न वर्गमध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई न्यानौ कम्बल वितरण गरिएको बताउनुभयो । उहाँले जाडोको समयमा शीतलहर एवम विभिन्न प्रकारका दैवी प्रकोपवाट बच्न र सीमाक्षेत्रमा शान्ति सुरक्षामा जिम्मेवारीपूर्वक सेवामा लागिपरेको बताउनुभयो ।