काठमाडौं, असार २४ गते । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा उहाँहरुको विवाह सम्पन्न भएकाे हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको बताइएको छ । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
गल्याङ नगरपालिका–७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न भएको स्थानीय सदस्य निर्वाचनको मतगणना गर्नका शुक्रबार बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपछि मतगणना कार्य सुरु भएको हो ।
कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ झाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।
बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा कुराकानी भएको परिसङ्घले जनाएको छ ।
सौभाग्यको गाउँ जङ्गलले घेरिएको थियो । जङ्गली जनावरहरूले हैरान पारेपछि कतिपय गाउँले पहाड छोडेर तराई झरिसकेका थिए । गाउँ नजिकै जङ्गल बढदै जानुका कारण जङ्गली जनावरहरूको समेत बिगबिगी बढ्दै थियो । बेलाबेलामा गाउँ पस्ने बाँदहरूले समेत गाउँका अन्नबाली सखाप पार्थे ।
निर्वाचन आयोगले निर्वाचन कार्यालयमा सेवाग्राही उपस्थित नहुने गरी मतदाता नामावली अनलाइन दर्ता सफ्टवेयर तयार गर्न सुझाव दिएको छ । सफ्टवेयर तयार गर्ने परामर्शदाताले निर्वाचन आयोगमा बिहीबार प्रस्तुति दिँदा आयोगले उक्त सुझाव दिएको हो ।
तुलसी अथवा तुल्सी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (मठ) बनाई तुलसी रोपिन्छ । वास्तवमा तुलसी भारतीय खण्डमा उत्पत्ति भएको मानिन्छ तर दक्षिण–पूर्व एसियाका प्रायः मुलुकहरूमा धार्मिक एवं परम्परागत रूपमा तुलसीको खेती गरी अर्चना गरिन्छ । तुलसीलाई विष्णुको अवतारका रूपमा लिइन्छ भने लक्ष्मीको प्रतिमूर्तिका रूपमा मानिन्छ । त्यसकारण तुलसीलाई सफा मन्दिर बनाई रोपेर पूजा गरिन्छ । तुलसी रोप्ने स्थान (सानो स्थल)लाई ‘मैरी’ वा ‘मठ’ पनि भनिन्छ । भगवान् हरि आषाढ शुक्ल पक्षको एकादशीका दिनदेखि शयन गर्ने हुँदा सोही दिनको शुभसाइतमा तुलसी रोपिन्छ भने कात्तिक शुक्ल पक्ष एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सम्पर्क कार्यालय ललितपुरमा खुल्ने भएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले काठमाडौँ उपत्यकासँगै अरू सहरमा रहेका सहकारी संस्थाको अनुगमन र सेवा प्रवाहका लागि ललितपुरमा सम्पर्क कार्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै यस कार्यालयबाट काठमाडौँ उपत्यकासहित रामेछाप, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपला
एक जोर औँलाहरू पर्खिरहेका छन् शरणार्थी मानसिकता कटेपछि देशभन्दा पर देशको अनुहार बल्ल अघाउँछ औँलाको पेट
धन्य, अहिलेसम्म मेची, महाकाली, तराईं र हिमाल साक्षी छन् । सगरमाथा र, नागरिकता पनि सद्दे छन् ।