• १२ असार २०८१, बुधबार

जिल्लाको लामो र अग्लो झोलुङ्गे पुल चिउरीमा

blog

गल्याङ नगरपालिका–७, पेलाकोट र ८ चिउरी जोड्ने झोलुङ्गे पुल ।

अर्जुन काफ्ले
स्याङ्जा, असार २४ गते ।
गल्याङ नगरपालिका–७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।

देख्दा नजिकै देखिए पनि आँधीखोलाले बनाएको गल्छीका कारण घुमेर वारपार गर्दा एक दिनै खर्चनुपर्ने अवस्था पुल निर्मणसँगै अन्त्य भएको छ ।

विसं. २०७७ असारमा नुवाकोटको एसए शैलेन्द्र जेभीलेले सम्झौता गरेर निर्माण सुरु गरेको पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समया थप गरेर एक वर्षपछि निर्माण सकिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार निर्माण कम्पनीले २०७९ साउन २० गतेसम्म निर्माण गर्ने गरी समय थप गरेको थियो ।

एक करोड ८३ लाखमा निर्माण भएको उक्त झोलुङ्गे पुल ३६८ मिटर लामो र जिल्लाकै सबैभन्दा अग्लो पुल हो ।

पुल निर्माणसँगै गल्याङ र पेलाकोटका नागरिकलाई आवत–जावत गर्न र सिद्धार्थ राजमार्गसम्म पुग्न सहज भएको छ ।

स्थानीयवासीलाई आवतजावतमा सहजता हुनाका साथै पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने प्रमुख अर्यालको भनाइ छ ।

यातायातको सुविधाबाट ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शनार्थीलाई पुग्न सहज हुने भएको छ ।