ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ ।
सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय योग दिवस मनाइँदै छ । देशभरका सार्वजनिक उद्यान, विद्यालय तथा सरकारी कार्यालयमा निःशुल्क योग तथा ध्यान शिविर सञ्चालन गरेर राष्ट्रिय योगा दिवस मनाउन लागिएको हो । बिहीबार ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पुस महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीबाट १८ दलका १७५ उम्मेदवारले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका १८ दलमध्ये दुई द
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
भूमि समस्या समाधान आयोग, गुल्मीले जिल्लाका तीन स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको छ । मदाने गाउँपालिकाका २६ लाभग्राहीलाई लालपुर्जा वितरण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलन तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उहाँको भनाइ थियो ।
नेपाल टेलिकमले राजधानी काठमाडौँसहित देशका मुख्य सहरबाट फाइभजी सेवा सुरु गर्ने भएको छ । टेलिकमको १८ औँ वार्षिक साधारण सभाका अवसरमा बुधबार आयोजित कार्यव्रmममा कम्पनीका सञ्चालक समिति अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिकम छिट्टै फाइभजी सेवा सुरु गर्ने प्रव्रिmयामा रहेको जानकारी दिनुभएको हो ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ तथा तराईका कैलाली र कञ्चनपुर क्षेत्रमा माघ १ गते परम्परागत रूपमा नरहरी पर्व श्रद्धा, विश्वास र सामाजिक सद्भावका साथ मनाइँदै आएको छ ।
पवित्र तीर्थस्थल देवघाटधाममा बुधबार बिहान विधिपूर्वक मकरसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल वेणीमा लिङ्गो गाडेर विधिवत् मकर स्नान एवं मेला
मानवसेवा आश्रम बागलुङले नौ वर्षमा दुई सय २६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ । आश्रमद्वारा आयोजित प्रगति प्रतिवेदन सार्वजनिकीकरण एवं सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १८ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभएको हो ।