• १ माघ २०८२, बिहिबार

कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ

blog

अर्जुन काफ्ले 
स्याङ्जा, माघ १ गते ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भीरकोट नगरपालिका वडा नं –११  का ४० वर्षीय हिराबहादुर कुँवरलाई पक्राउ गरेको हो ।

हाडनाता जवरजस्ती करणी मुद्दामा कारागारमा रहेको कुँवर जेनजी आन्दोलनका क्रममा भागेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

कुँवरलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको विशेष टोलीले घरबाटै पक्राउ गरेको हो ।

यस्तै प्रहरीले लागुऔषध मुद्दामा फरार दुई प्रतिवादीहरू समेत पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका भिरकोट –२  बस्ने ३२ वर्षीय मुकर खान भन्ने सजित अलि मिया र गोरखा नगरपालिका –४ भई हाल भिरकोट–०१ बस्ने २४ वर्षीय पेप्पे भन्ने प्रविन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।