मुख्य गरी नेपालको कोशी र मधेश प्रदेशमा बसोवास गर्ने धानुक जातिको भारत, बङ्गलादेश र पाकिस्तानमा समेत बसोवास रहेको छ । यो जातीय समूहलाई धानुक, धानुका, धनिक, धेनिक, धानका, धानकिया, धनूर आदि थरले समेत चिनिन्छ ।
इलाम जिल्लामा लेप्चा जातिको बसोवास रहेको छ । आफ्नै भाषा, वेशभूषा, संस्कृति, जनजीवन र परम्परा रहेको यो जातिका कतिपय विषयमा खोज र अनुसन्धान हुनै बाँकी छ ।
त्यस समय वीरशमशेर राणा श्री ३ प्रधानमन्त्री थिए । वीरशमशेरसमक्ष एकदिन दरबारकी ‘केटी’ ले आफ्नो दाइ दण्डित भएको उजुर गरिन् । त्यति मात्र होइन, ती ‘केटी’ ले डिट्ठा कालिदासविरुद्ध कुरासमेत लगाइदिइन् । भोलिपल्टै डिट्ठा कालिदासलाई दरबारमा हाजिर गराइयो ।
दोलखा जिल्लाको चरीकोटबाट उत्तरतिर ३५ किलोमिटर दूरी तय गरेपछि तामाकोशी किनार पुगिन्छ– सिङ्गटी । त्यहाँबाट करिब १० किलोमिटर पूर्व अघि बढेर सुरीखोला पछ्याउँदै जाँदा पुगिन्छ सुरी । जहाँ सुरेल जातिको बसोबास रहेको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ जातिमध्ये लोपोन्मुख समूहमा मेचे जाति रहेको छ ।
अतिसीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत चेपाङको मूल थातथलो धादिङ, चितवन, मकवानपुर र गोरखा जिल्लामा छ ।
नेपालका नदी किनार छेउछाउमा माझी, दनुवार र दरै जाति छरिएर रहेको पाइन्छ । बागमती प्रदेश र यसको आसपासमा यी जातिको बसोबास बढी छ ।
रामेछाप, सिन्धुलीमा बढी बसोबास भएका हायू जाति लोपोन्मुख जातिमा सूचीकृत छ । आफ्नो भाषा, भेष, संस्कार र संस्कृति रहेका हायू जाति राज्यका सेवा सुविधाबाट वञ्चित समूहमा समेत पर्दछ । त्यसैले राज्यले २०६४÷६५ सालदेखि हायू जातिलाई मासिक भत्ताको समेत व्यवस्था गर्दै आएको छ ।
राई, लिम्बू र भुजेल भाषामा अभिवादन गर्ने यी शब्दले केही समानता बोकेको पाइन्छ ।
राउटेजस्तै घुमन्ते, फिरन्ते जीवनमा रमाउने राजी जातिले अहिले चाहिँ स्थायी बसोबास थालेका छन् ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् ।
झापा, मोरङ र सुनसरी जिल्लामा सतार/सन्थाल जातिको बसोबास रहेको छ । मेहनती र सोझो जाति सतार आफूलाई सन्थाल भन्न रुचाउँछन् । यिनलाई सौताल पनि भनेको पाइन्छ । राजवंशीले यिनलाई मितुआ भन्छन् ।
नेपाल–चीन मैत्री सम्बन्ध निकै पुरानो हो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका हिमाली क्षेत्रको सभ्यता, संस्कृति, जनजीवन र व्यापारको लामो शृङ्खला छ । यस्ता सम्बन्ध राज्यस्तरमा मात्र होइन, नागरिक र सामाजिकस्तरमा समेत रहेको छ ।
ललितपुर र काभ्रे जिल्लामा मुख्य थातथलो भएका पहरी जाति सीमान्तकृत जातिका रूपमा सूचीकृत छ ।
भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो । तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपा