भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार विहान लुम्बिनीमा भ्रमणको लागि आउनु हुनेभएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्विनी आउनु हुने भएको हो ।
सङ्खुवासभामा जन्मिनु भई हाल अमेरिका निवासी आरोही गाइड लाक्पा शेर्पाले बिहीबार विहान ६ः१० बजे १० औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।
यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।
यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।
मानव पाइला नपुगेका हिमालको सफल आरोहण गर्ने कोरियाका छ आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले सम्मान गर्नुभएको छ ।
विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले शनिबार साँझ २६ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।
यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।
विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । विहीबार राती चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायन इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो ।
सगरमाथा आधार शिविरमा पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिको बैठकमा बसेको छ । पर्यटन विभागले पर्बतारोहणलाई सहज बनाउने लक्ष्यका साथ चैत १३ गते गठिन समितिको बैठक आधारशिविरमा बसेको पर्यटन विभागले जनाएको छ ।
सन् २०२२ को चार महिनाभित्रै एक लाख २१ हजार ८५१ जना पर्यटक नेपाल भित्रिएका छन् । दुई वर्ष देखि सुन्य जस्तै भएको पर्यटन क्षेत्र पछिल्लो चार महिना देखि पुरानै लयमा फर्किन सुरु गरेको नेपाल पर्यटन बोर्डको तथ्याङकले देखाएको छ ।
यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।
काठमाडौं, बैशाख १८ गते । सगरमाथाको आरोहण मार्ग निर्माण सात हजार चार सय मिटर माथि पुगेको छ । ११ जना शेर्पाको टोलीले डोरी टाँगेर बाटो निर्माण चौथो क्याम्प माथि पुर्याएको सेभेन समिट ट्रेकका निर्देशक टासिल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । मे १० मा चुचुरो पुग्ने लक्ष्यले बाटो निर्माणलाई तिव्रता दिइएको शेर्पाले जानकारी दिनुभयो । यो बाटो हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुने गर्छ । मे महिना भित्रमा सबै आरोहण सम्पन्न गर्ने गरी आरोहण कम्पनीहरुले आरोहीलाई तयारी अवस्थामा राखेका छन् । हाइ पचाउन पहिलो, दोस्रो क्याम्पसम्म पुगेर आधारशिविरनै फर्केर आरोहणको तयारी अवस्थामा रहेको पायोनियर एटके एक्पीडिसनका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । यो महिना ३९ आरोहणदलबाट २४३ जना पुरुष र ७३ जना महिला सहित ३१६ जना आरोहीले सगरमाथाको आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिई सकेका छन् ।
नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालाई कोरिया सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ ।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा बिहीबार अपरान्हदेखि इटालीका आरोही जिअम्पाओलो कोरोना सम्पर्क विहीन बन्नुभएको छ ।
चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८ घण्टा सेवा सूचारु हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।