• ५ जेठ २०८१, शनिबार

आजबाट सात वटा विमानस्थल १८ घण्टा सुचारु

blog

काठमाडौं, बैशाख १५ गते । सात वटा विमानस्थलले वैशाख १५ गते विहीबार (आज) देखि १८ घण्टा सेवा सुचारु हुने भएको छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८ घण्टा सेवा सुचारु हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । 

यस अघि १२ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थलमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर छ घण्टा समयावधि थप गरेको कर्णले जानकारी दिनुभयो । हवाईसेवामा यात्रुहरुको चाप बढ्दै गएकाले चापलाई कम गर्न विमानस्थलले सेवाअवधि थप गर्नुपरेको जनाएको छ । 

छोटो समयमात्र विमानस्थल सञ्चालन हुँदा एयर ट्राफिक हुने , निश्चित मात्र उडान हुँदा यात्रुले सहज रुपमा टिकट नपाउने गरेको यात्रुहरुको गुनासो थियो । विमानस्थलले समयवधि थप गरेसँगै वायुसेवा कम्पनीहरुले पनि उडान सङ्ख्या थप गर्ने तयारीमा जुटेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

विमानस्थलको समय थपसँगै उडानको सङ्ख्या थप हुँदा रात्रीकालिन र आकस्मिक रुपमा पनि यात्रुहरुले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ । हाल नेपालमा स्थापना भएका ५६ वटा विमानस्थलमध्ये हाल ३६ वटा विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलहरु अधिकांश आइआफआर प्रणालीमा नभई भिएफआर प्राणालीमा सञ्चालन भएकाले उज्यालोमा मात्र सञ्चालन गर्नुपर्ने प्राधिकरणको भनाइ छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।