संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
कोरोना भाईरस(कोभिड–१९) महामारीका कारण ठप्प भएको नेपालको पर्यटन आगमन पुनः पुरानै लयमा फर्किएको छ । दुई वर्ष भन्दा धेरै सुस्ताएको पर्यटन क्षेत्र सन् २०२२ को सुरुवातसँगै पर्यटक आउने क्रममा बृद्धि भएपछि थप जुरमुराउन थालेको हो ।
आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार नारायणी नदीको पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने गरी बोर्ड शुक्रबार सूचना जारी गरेको छ ।
पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मनसुनी प्रणाली सक्रिय रहेका कारण आज (बुधबार) देशभर भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ भने काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बर्षा हुने क्रम जारी रहेको छ ।
सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पुर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पुर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारवाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्वकीर्तिमान बनाउनुभएको छ । संखुवासभा मकालुका ३१ वर्षीय शेर्पाले शुक्रबार विहान विश्वकै अग्लो हिमाल केटुको आरोहण गरेसँगै उहाँ छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बन्नुभएको हो ।
नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
विहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ ।
मनसुनी प्रणाली विहीबार थप सक्रिय बन्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा भन्दा उत्तरतिर अवस्थित रहेकोले मनसुन थप सक्रिय बन्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे कुखुरा खान आएको चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो फेरि सुरु भएको छ । विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।