• ५ जेठ २०८१, शनिबार

देशभर भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

blog

काठमाडौं, साउन ११ गते । मनसुनी प्रणाली सक्रिय रहेका कारण आज (बुधबार) देशभर भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ भने काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बर्षा हुने क्रम जारी रहेको छ । 

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । यी क्षेत्र सहित अन्य देशैभर थप वर्षा हुनसक्ने अनुमान महाशाखाको छ ।

भारी बर्षा भई रहेका क्षेत्रहुँदै वहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।  होचा स्थान र साना नदीतटीय क्षेत्रमा बाढी आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।






Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।