सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो। स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो। त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताउनुभयो।
एक किसानले ‘भर्चुअल रियालिटी’ (भीआर) चस्मा गाईलाई लगाइदिएर हरियाली चौरमा चरिरहेको अनुभव गराए र नतिजास्वरूप गाईले धेरै दूध दियो । गाईलाई फरक अनुभव गराउनुका साथै आरामदायी र खुसी बनाउँदा दूध बढी दिने यसअघि गरिएको एक अध्ययनले देखाएको थियो । त्यस अध्ययनलाई आधार बनाएर टर्कीका ती किसानले सन् २०२२ जनवरी ६ मा यस्तो परीक्षण गरेका थिए । भीआर प्रयोगको यो एक गजबको उदाहरण हो । भाइबहिनीहरू, यस पटक हामी ‘भर्चुअल रियालिटी’ अर्थात् भीआर के हो भन्ने बारेमा केही जानकारी लिऊँ है त ।
राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उहाँका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले स्थापना गरेको नेपाल राष्ट्रिय राणा समाजले उहाँको श्राद्ध गर्दै आएको छ ।
अबदेखि नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण हुने भएका छन् । यसअघि ह्याकरको निसानामा पर्दै आएका सरकारी वेबसाइटको निर्माणमा एकरूपता ल्याउने विषय विभिन्न समयमा चर्चा चले पनि हालसम्म त्यसो हुन सकेको थिएन ।
२०७५ साल वैशाखमा लोकसेवा, गृह मन्त्रालयसहित ६० वटाभन्दा बढी सरकारी वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरी ह्याकरले तिनलाई नियन्त्रणमा लियो ।
बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ।
‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्य ठूलो लिन यस्तो भन्नुभएको थियो । सोमबार राजधानीमा विद्यालय तहका ६४ जना बालबालिका पनि चन्द्रमा छुने सोचका साथ चन्द्रमासम्म कसरी यात्रा गर्ने भनेर ज्ञान आर्जन गर्न तल्लिन देखिए ।
तपाईंलाई पनि भू–उपग्रह बनाउने रहर छ ? यदि छ भने अब तपाईंहरूको सपना पूरा हुने भएको छ । आज हामी तपाईंहरूलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिकालाई ध्यानमा राखेर ल्याएको ‘पेपर स्याट’का बारेमा जानकारी दिन गइरहेका छौँ । आशा छ यो सामग्री तपाईंहरूलाई पक्कै मन पर्ने नै छ ।
हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो ।
आधुनिक विश्वको नौलो आविष्कार इन्टरनेट एक कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको सूचनाको विश्वव्यापी सञ्जाल हो । यो एक कम्प्युटरहरूको समूह हो, जसको प्रयोगबाट संसारभरका सूचना एकआपसमा आदानप्रदान गर्न सकिन्छ । भाइबहिनीहरू, सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा आएको द्रुत गतिको परिवर्तनको प्रमुख कारण इन्टरनेट नै हो । यस पटक हामी यहाँ यही इन्टरनेटका रोचक तथ्य र प्रसङ्गका बारेमा केही कुरा गर्ने छौँ ।भाइबहिनीहरू, आम मानिसका लागि सामान्य बनिसकेको इन्टरनेटको इतिहासबारे केही आश्चर्यजनक तथ्यहरूका बारेमा जानौँ, जुन तथ्य धेरै कमलाई मात्र थाहा छ । १. गुगोल बिग्रिएर गुगल : गुगलको नाम पहिले गुगल (Google) थिएन । गुगोल (Googol) बाट बिग्रिएर यसको नाम गुगल (Google) रहन गएको हो ।२. पहिलो ब्राउजर : संसारको पहिलो ब्राउजर ‘वल्र्ड वाइड वेब’ थियो । बर्नर्स लीले सन् १९९० मा वल्र्ड वाइड वेब नामबाट ब्राउजरको विकास गरेका थिए, जसलाई अहिले ‘नेक्सस’ भनेर चिनिन्छ । त्यति बेला इन्टरनेटमा चलाउन यो नै पहिलो र एक मात्र वेब ब्राउजर थियो । ३. फेसबुकको रङ नीलो हुनुका कारण : मेटाका मालिक मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण फेसुबकको रङ छनोट गरेका थिए । यसको पछाडि कारण छ त्यो के भने उनलाई ‘कलर ब्लाइन्ड’ को समस्या छ । उनी रातो र हरियो रङ राम्रोसँग छुटाउन सक्दैनन्, त्यसैले उनले फेसबुकको रङ नीलो बनाएका हुन् । ४. इमेल ठेगानमा (एड्रेस) मा २ सिम्बोल : इमेल एड्रेसमा २ सिम्बोल हुनुको पछाडि निकै रोचक प्रसङ्ग छ । त्यो के भने इमेलको सुरुवातको समयमा २ सिम्बोल निकै कम प्रयोग हुने सिम्बोल भएकाले यसको प्रयोग बढाउन हरेक इमेल एड्रेसमा यसको प्रयोग अनिवार्य गरिएको हो । ५. डोमेन दर्ता निःशुल्क : डोमेन दर्ता गराउन एक हजार रुपियाँदेखि हेरेर माथि शुल्क लाग्छ । अहिले निःशुःक डोमेन प्रयोग गर्न सकिँदैन, नेपालमा डट एनपीबाहेक अरू डोमेन किन्नु पर्छ । यस्ता दिन पनि थिए जहाँ डोमेन निःशुल्क दर्ता गर्न पाइन्थ्यो तर यो धेरै दिन टिकेन सन् १९९५ देखि डोमेन दर्ता शुल्क लिन थालियो । ६. वाईफाईको अर्थ : वाईफाई शब्द धेरैलाई (वायरलेस फाइडलिटी) को छोटो हो भन्ने लाग्न सक्छ । वास्तवमा वाईफाई कुनै शब्दको छोटो रूप भने होइन । सन् १९९७ मा आम उपभोक्ता माझ प्रयोगमा ल्याइएको वाईफाई प्रविधिको पुरानो नाम IEEE802 थियो । यो नाम निकै अप्ठ्यारो भएपछि हाईफाई भन्ने शब्दसँग वाईफाई मिल्ने भएकाले सम्झन सहज हुने भएकाले यसको नाम वाईफाई दिइएको थियो । ७. अमेजनको पुरानो नाम : विश्व प्रसिद्ध ई–कमर्स कम्पनी अमेजनका रूपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने ‘आब्राकाडाब्रा’ शब्दबाट प्रेरित भएर राखिएको थियो । यस शब्दको अगाडिको भाग आब्रालाई छोडेर पछाडिको काडाब्रा भनेर राखिएको नाम थियो । जेफ बेजोसले पछि वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखे । विभिन्न अनलाइन तथा वेब साइटको सहयोगमा
नेपालले आफ्नै भूउपग्रह पठाउन थालेपछि त्यसप्रतिको उत्सुकता बढेको छ । यसै क्रममा त्यसलाई बालबालिकाको तहदेखि नै अनुसन्धानको विषय बनाउन र भूउपग्रह बनाउन सिकाउन बेग्लै अभियान थालिएको छ कागजी उपग्रह अर्थात् पेपर स्याट । अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिका र युवालाई ध्यानमा राखेर ‘पेपर स्याट’ अभियान थालेको हो ।
नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु¥याइने छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिनुभयो ।
विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पु-याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो ।
बर्सातको समयमा चट्याङ परेको हामीले देखेकै छौँ । यो एक प्राकृतिक प्रक्रिया हो । मनसुन वा वर्षा मौसममा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई चट्याङ भनिन्छ । भाइबहिनीहरू, यस पटक हामी चट्याङ के हो र कसरी पर्छ भन्नेबारेमा केही जानकारी लिउँ है त । वर्षा याम वा मनसुन भित्रिएको समयमा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु वा बादल एक आपसमा ठोक्किँदा चर्को आवाजसहित विद्युतीय लहर उत्पन्न भई आकाशमा बाटो बनाएर पृथ्वीसम्म पुग्छ, यसलाई नै चट्याङ भनिन्छ । यो एक प्राकृतिक प्रक्रिया हो तर यो अचानक हुने विद्युतीय विस्फोट हो । यसमा बादलबाट बादल र त्यसपछि पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । भाइबहिनीहरू, यो एक
नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।