भाइबहिनीहरू ! तपाईंहरूलाई विकिपिडियाका बारेमा जानकारी छ ? अहिले इन्टरनेटमा व्यस्त रहने भाइबाहिनीले विकिपिडियाका बारेमा केही कुरा त सुन्नुपर्ने हो तर कतिपयलाई यसका बारेमा थाह नहुन पनि सक्छ । त्यसैले यसका बारेमा हामी केही चर्चा गरौँ, है त । ‘विकिपिडिया’ दुई शब्द मिलेर बनेको छ, ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ को अर्थ छिटो भन्ने हुन्छ र ‘पिडिया’ इन्साइक्लो पिडियाको सङ्क्षिप्त
केही समयअघि अमेरिकी कम्पनी एप्पलले आइफोन–१४ सार्वजनिक ग-यो। एप्पलले आइफोन–१४ का विभिन्न चार मोडल ल्याएको छ, जसमा सिमकार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन । अमेरिकाका लागि ल्याइएका यी सेटमा ई–सिम मात्रै लाग्ने गरी बनाइएको छ तर अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ।
राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता पाएका थिए ।
‘चकलेट’ सुन्दै मुख रसाउने । हामी भाइबहिनीलाई असाध्यै मन पर्ने । स्वादिलो खानेकुरा कसलाई मन नपर्ला र ? त्यसमाथि हामी बालबालिका चकलेट भनेपछि हुरुक्कै हुन्छौँ । कुनै खुसियाली होस् वा जन्मदिन अहिले चकलेट चाहिन्छ, चाहिन्छ । बजार घुम्न जाँदा होस् वा लामो सफरमा घरबाहिर जाँदा चकलेट नभई बालबालिका फिटिक्कै पाइला चाल्दैनौँ । चकलेट अहिले बालबालिकादेखि वृद्धवृद्धाको दैनिकीमा अभिन्न अङ्ग बनेको छ । त्यसैले भाइबहिनीहरू ! यस पटक चकलेट के हो र कसरी बन्छ भन्ने विषयमा केही जानकारी लिउँ है त ।
स्वस्थ रहन हाँस्नुपर्छ, यसले शरीरमा एक प्रकारको राम्रो ऊर्जा दिन्छ । सधैँभरि हँसमुख रहनु भनेको कुनै कुराप्रति आशावादी र सकारात्मक रहनु पनि हो । डाक्टरका अनुसार हाँस्दा हाम्रो अनुहार तथा जिउका अन्य भागका मांसपेशीहरू सक्रिय हुन्छन् जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले भाइबहिनीहरू ! यस पटक ‘लाफिङ ग्यास’ अर्थात् हँसाउने ग्यास के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।
कार्टुन भन्ने बित्तिकै भाइबहिनीलाई टम एन्ड जेरी, डोरेमन, छोटा भीम, मोटु और पत्लुको सम्झना हुन्छ । फुर्सदको समयमा रमाइलो गर्न हामी कार्टुन हेर्छौं । कार्टुन हेर्दा रमाइलो त हुन्छ यसका साथै यी कार्टुनले हामीलाई केही ज्ञानगुनका कुरासमेत सिकाउँछन् । त्यसैले भाइबहिनी ! यस पटक कार्टुन कसरी बन्छ र एनिमेसन के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।
कुनै दिन पृथ्वीमा हामीले अन्तरिक्षमा उत्पादन गरेको बिजुली प्रयोग गर्न पाउने छौँ। यसको सैद्धान्तिक पक्ष स्पष्ट छ र अन्तरिक्षमा बिजुली उत्पादन गर्न सकिन्छ, त्यो पनि तुलनात्मक रूपमा यहाँको भन्दा धेरै। मुख्य समस्या भनेको पृथ्वीसम्म बिजुली ल्याउनुमा छ।
चाहेको बेलामा बादल लगाउने र वर्षा गराउन सकिन्छ र यो विश्वका विकसित मुलुकमा भइरहेको छभन्दा पत्यार नलाग्न सक्छ तर यो कुरा विज्ञानले सम्भव बनाइसकेको छ । यस विधिलाई कृत्रिम वर्षा वा ‘क्लाउड सीडीङ’ भनिन्छ । यस पटक हामी यसका बारेमा चर्चा गर्दैछौँ ।छिमेकी राष्ट्र भारत र चीनलगायत विश्वका धेरै देशले यो विधि प्रयोग गरिरहेका छन् । चीनले यसलाई धेरै पहिलेदेखि प्रयोगमा ल्याएको छ । भारतले पनि ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर कृत्रिम वर्षा गराइरहेको छ । यो विधि खडेरीको समस्या भएका स्थानमा बढी मात्रामा प्रयोग गरिन्छ । सन् १९४० को दशकमा ‘क्लाउड सीडीङ’ विधि अमेरिकाबाट सुरु भएको मानिन्छ । कृत्रिम वर्षा कसरी पारिन्छ ?अहिले कृत्रिम वर्षा गराउने अनेक विधि र तरिका छन् । त्यसमध्ये पहिलो विधि, कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो । अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीका रूपमा धर्तीमा बर्सिन्छ । कृत्रिम वर्षा पार्ने पछिल्लो विधि, ड्रोन विधिमा बिजुलीले बादललाई जोडसँग झट्का दिन्छ जसका कारण बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ । यी र यस्तै विधि प्रयोग गरेर अहिले संसारका विकसित देशहरूले कृत्रिम वर्षा गराउने गर्छन् । यो विधिको प्रयोग पानी पार्न वा वर्षा गराउनका लागि मात्र नभएर अत्यधिक वर्षा (अति वृष्टि) र अति कम वर्षा (अना वृष्टि)लाई सन्तुलनमा राख्न पनि गरिन्छ । यसको अर्थ कुनै स्थानमा अत्यधिक वर्षा हुन्छ भने त्यो स्थानमा समयसमयमा ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर वर्षा गराइन्छ, जसका कारण त्यहाँ ठूलो वर्षा एकै पटक हुन नपाओस् । अर्कोतर्फ यो विधिको प्रयोग गरेर अति कम वर्षा हुने स्थानमा चाहिने मात्रामा वर्षा गराइन्छ । कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो। अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीको रुपमा धर्तीमा बर्सिन्छ। वर्षाको चोरी !के वर्षा पनि चोरी गर्न सकिन्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । वर्षाको चोरी, ‘क्लाउड सीडीङ’ सँगै जोडिएर आउने कुरा हो । के यो वास्तवमै भइरहेको छ ? यसबारेमा अहिलेसम्म यकिन रूपमा यसै हो भन्न निकै कठिन छ तर एक देशको बादल तानेर अर्को देशमा पानी पार्ने काम भयो भने के होला? यो चिन्ताको विषय भने पक्कै पनि हो । कतिपय देशहरूले बेला बखत ‘क्लाउड सीडीङ’मार्फत एक देशले अर्को देशको बादल चोरेर वर्षा गराएको भन्ने आरोप लगाउने गरेका छन् । त्यस्तै विश्वमा अहिले ‘क्लाउड सीडीङ’अन्तर्गत बादलको चोरी भयो भन्ने विषयमा विकसित मुलुकभन्दा पनि विकासोन्मुख मुलुकलाई पिरलो परेको छ । अहिले बादलको चोरीबाट वर्षा गराउने विषयलाई लिएर वैज्ञानिकहरूबीच निकै चर्चा हुन थालेको छ तर यसबारेमा प्रमाणिक तथ्य भने अझै आइसकेको छैन । कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ। त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरु देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला?‘क्लाउड सीडीङ’ को प्रयोग गरेर चीनले थुप्रै सुक्खा क्षेत्रमा खेती गर्ने कार्यक्रम चलाएको समाचार सुन्ने गरेका छौँ । यस्तै केही समयअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरसहित धेरै इलाकामा तापक्रम ५० डिग्री पुगेपछि कृत्रिम वर्षा गराइएको थियो । अमेरिका, चीन, बेलायत, क्यानाडा, अस्ट्रेलियालगायतका विश्वका विकसित मुलुकहरूले खडेरी, तापक्रम वृद्धि, कृषि प्रयोजनलगायतमा बेला मौकामा कृत्रिम वर्षाको सहारा लिइरहेका छन् । यो एक हिसाबले उचित कुरा हो तर उनीहरू आफ्नो भू–भाग नाघेर अर्को मुलुकको बादल आफूतिर तानेर वर्षा गराउन थाले भने के होला? यो चिन्ताको विषय हो । त्यसैले भनिन्छ नि, कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ । त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरू देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला ? यसतर्फ सबैको ध्यान जान जरुरी छ । (विभिन्न अनलाइन तथा एजेन्सीको सहयोगमा)