माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
कुनै सामग्री अनलाइनमा पढ्न वा सेवा लिन विद्युतीय हुलाक अर्थात् इमेल ठेगाना अनिवार्य जस्तै भएको छ । के तपाईंलाई सम्झना छ इमेल ठेगाना दिनुपर्ने भएकाले तपाईंले कुनै सेवा नलिएर कुनै वेबसाइट बन्द गरेको ? हो प्रायः मानिस आफ्नो इमेल ठेगाना जहाँ पायो त्यहीँ राख्दा झन्झटमा परिने डरका साथै अनावश्यक सामग्रीले इनबक्स भरिने कुराले हत्तपत्त जुनसुकै वेबसाइटमा इमेल ठेगाना दिन चाहँदैनन् ।
अहिले डिजिटल दुनियाँमा फिङ्गरप्रिन्ट (औँठा छाप) र फेस आइडी (बायोमेट्रिक अथन्टिकेसन)लाई विश्वसनीय र भरपर्दो सुरक्षा उपायका रूपमा लिने गरिन्छ । सुरक्षाका दृष्टिकोणबाट हेर्दा फिङ्गर प्रिन्ट अथन्टिकेसनको विश्वसनीयता ९८ देखि ९९.९१ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । यति भनिरहँदा फिङ्गर प्रिन्टलाई डिजिटल अथन्टिकेसनको मुख्य र अन्तिम विकल्पका रूपमा लिनु भने हुँदैन । सूचना प्रविधिको क्षेत्रमा पिन कोड, पासवर्ड, प्याटर्न लकलगायतका प्रविधिसमेत प्रचलनमा छन् । पछिल्लो र सुरक्षित मानिएको फिङ्गर प्रिन्ट सेन्सर प्रयोग गरी मोबाइल डिभाइस सुरक्षित गर्ने प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले सजि
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन नेपाल सरकार अग्रसर रहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र ‘स्टार्टअप’ लाई एकै थलोबाट सञ्चालन गर्ने गरी नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउने तयारीमा नेपाल सरकार लागेको हो ।
नेपालमा अहिले जति पनि बैङ्क छन् ती भौतिक रूपमा सञ्चालनमा छन् । यस्ता बैङ्कको सेवा लिन सेवाग्राही भौतिक रूपमै बैङ्कमै उपस्थित हुनुपर्छ । नेपालमा पनि डिजिटल बैङ्कको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वका धेरैजसो देशमा डिजिटल बैङ्क प्रचलनमा आइसकेका छन् । डिजिटल बैङ्कको ऋण प्रवाह, निक्षेप सङ्कलन तथा अन्य सबै सेवा अनलाइनबाट सञ्चालन हुन्छ । यस्ता बैङ्कले एउटै शाखाबाट देशभर सेवा दिन सक्छन् । डिजिटल बैङ्कको सेवा लिन बैङ्कको केन्द्र वा शाखा कार्यालय धाउनु पर्दैन ।
विश्वको कुनै पनि भागमा बसेर इन्टरनेटमार्फत धेरै किसिमका काम गर्न सकिन्छ । त्यसमा पनि सूचना प्रविधिसँग सम्बन्धित काम त झन् सहज र सरल ढङ्गले गर्न सकिने भएको छ । अनलाइन माध्यमबाट आइटी आउटसोर्सिङ, अनलाइन फ्रिलान्सिङ, अफ्सोर डेभलपमेन्टलगायतका काम हुने गर्छन् । घरबाटै विश्वका विभिन्न स्थानमा रहेका कार्यालय, कम्पनी वा व्यक्तिगत रूपमा समेत हुने यस्तो काम कोभिड सर्वमहामारीका बेला नेपालमा वृद्धि भयो । त्यतिबेला सुरु भएको वर्क फ्रम होम, अनलाइन क्लास, अनलाइन जब, भिडियो कन्फ्रेन्सिङ अहिले पनि प्रचलनमा रहेका छन् ।
हरेक दिन चाहेर होस् वा नचाहे हामीले अनलाइनमा आफ्नो छाप छाडिरहेका हुन्छौँ । यस्ता डिजिटल छाप अर्थात् पदचिह्नले तपाईंको अनलाइन गतिविधिलाई पछ्याउन मद्दत गर्दछ । प्रयोगकर्ताको अनलाइन लोकेसनदेखि उसको रुचि, अरुचि, सपिङ गर्ने बानी, उसले हेर्ने भिडियोको जानकारीलगायतका सबै जानकारी डिजिटल फुटप्रिन्टमा आउँछन् । डिजिटल पदचिह्न (फुटप्रिन्ट) विशेष गरी अनलाइन विज्ञापनदातालाई महìवपूर्ण हुने भएकाले उनीहरूलाई वेबसाइट कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको डिजिटल पदचिह्न बेच्ने गर्छन् । त्यसैले के कुरा बुझ्नु जरुरी छ भने तपाईंले जुनसुकै गतिविधि अनलाइनमा गर्नुहुन्छ आफ्नो डिजिटल फुटप्रिन्टहरू पछाडि छोड्दै हुनुहुन्छ ।
के तपाईंले कुनै नेताले अन्य दलको नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ ?, कुनै नायिकाको अश्लील भिडियो (पोर्न) हेर्नु भएको छ ?, इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसक्ने खालको भाषा, हाउभाउ र शैलीको भिडियो भेट्टाउनु भएको छ ? यदि यस्ता कुरासँग तपाईंको साक्षात्कार भएको छ भने बेलैमा सचेत बन्नुहोस् । यस्ता भिडियो वास्तविक नभएर प्रविधिको प्रयोगबाट पनि निर्माण भएका हुन सक्छन् । त्यसैले यस्ता सामग्री तत्काल सेयर गरेर सनसनी फैलाउनेतर्फ नलागेर यस्ता भिडियोको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहोस् ।
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भिपिएनको चर्चा एकाएक चुलिएको छ । गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि त्यसका कतिपय प्रयोगकर्ता वैकल्पिक उपायको खोजीमा फ्रि भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राख्न थाले । साइबरविज्ञहरूले इन्टरनेटमा उपलब्ध हुने फ्री भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम हुन सक्ने भन्दै प्रयोगकर्तालाई
सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।
एक वर्षको अवधिमा विद्युतीय सुशासन (इगभर्नेन्स) मार्फत सेवा प्रवाहको आधार तयार गर्न महत्वपूर्ण सफलता हासिल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचना, प्रविधि र सञ्चार क्षेत्रलाई टेवा पुग्ने गरी नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, सूचना प्रविधिको पूर्वाधार निर्माणका साथै नीति कार्यान्वयनका थुप्रै आधार तयार भएको र पछिल्ला दिनमा परिणाम देखिन थालेका छन् । यस अवधिमा सर्वसाधारण नागरिकले अनुभूत गर्ने गरी सञ्चार तथा सूचना सेवामा सुधारको प्रयास भएको मन्त्रालयको दाबी छ ।
नेपाल सरकारले साइबर सुरक्षा क्षेत्रलाई अझै सुरक्षित र सशक्त रूपले अगाडि बढाउँदै छ । यसका लागि डाटा सेन्टर र साइबर सुरक्षाका लागि ‘हाइब्रिड मोडेल’ सहितको संयन्त्र निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तो संयन्त्रमा सरकार, विज्ञ टोली (परामर्शदाता) र निजी क्षेत्रको प्रत्यक्ष सहभागिता रहने ‘हाइब्रिड मोडेल’ तयार गरिने छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० साउन २३ गते मन्त्रीपरिषद्को निर्णयबाट पारित भई कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाका साथै विभिन्न नीति, ऐन र कानुन जारी गरेको छ । साइबर हाइजिनसम्बन्धी एडभाइजरी, २०२३ जारी भएको छ ।
विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो उपलब्धि र चमत्कार नै मान्नुपर्ने हुन्छ भन्ने एकातिर भए भने अर्कोतर्फ विज्ञानले मानव अस्तित्वमै खतरा निम्त्याउन लाग्यो भन्ने भए ।
नेपालमा सञ्चालमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भएको छ । नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिनुभयो । यसँगै सामाजिक सञ्जाल अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको हो ।