• १४ वैशाख २०८१, शुक्रबार

डुरान्ड कप : दिल्लीसँग बराबरीमा रोकियो आर्मी

blog

डुरान्ड कपको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै आर्मी र दिल्लीका खेलाडी ।

काठमाडौं, साउन २४ गते । त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । कोक्राझारको साई सेन्टर रङ्गशालामा बुधबार भएको खेलमा आर्मी दिल्लीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै प्रतियोगिताको समूह ‘इ’ मा रहेको आर्मीले एक अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता आर्मीले लिएको थियो । ३९औँ मिनेटमा दिनेश हेन्जनको गोल गर्दै आर्मीको उत्साह जगाउनुभएको थियो ।

दिल्लीका लागि ८८औँ मिनेटमा गिरिकले गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो । आर्मीले दोस्रो खेल सोमबार चेन्नइ एफसीसँगथ प्रतिस्पर्धा गर्नेछ ।