• १४ वैशाख २०८१, शुक्रबार

तेस्रो भयो नेपाल

blog

एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । फाइनलमा भारतले काजखस्तानलाई पराजित गरेको थियो । काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको फाइनल खेलमा भारत ३–० को सोझो सेटमा विजयी भयो । 

आयोजक नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

त्यसैगरी श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रहे । यसअघिका दुवै संस्करण नेपालले जितेको थियो । 

म्यानचेस्टर सिटीको जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले लगातार तेस्रो पटक उपाधि जितेको हो । उसले पछिल्ला छमध्ये पाँच उपाधि जितेको छ । सन् २०२० को उपाधि भने लिभरपुलले जितेको थियो । 

सन् १८८० मा स्थापित म्यानचेस्टर सिटीले नौ पटक मात्रै प्रिमियर लिगको उपाधि जितेको छ, पहिलो पटक सन् १९३७ मा प्रिमियर लिगको उपाधि जितेको थियो । दोस्रो उपाधि जित्न उसले सन् १९६८ सम्म कुर्नु प-यो । तेस्रो उपाधि सन् २०१२ मा मात्रै जित्यो । त्यसपछि सन् २०१४, २०१८, २०१९, २०२१, २०२२ र २०२३ मा सिटीले उपाधि हात पारेको छ । 

अहिलेसम्म म्यानचेस्टर युनाइटेडले २०, लिभरपुलले १९, आर्सनलले १३ तथा एभर्टनले पनि नौ पटक उपाधि जितेका छन् ।  

यसपालि आर्सनल दोस्रो, म्यानचेस्टर युनाइटेड तेस्रो तथा न्युक्यासल युनाइटेड चौथो भए । लिभरपुल र ब्राइटन एन्ड हव आल्बियनले क्रमशः पाँचौँ र छैटौँ हुँदै युरोपा लिग खेल्न पाउने भएका छन् । 

बुन्डेसलिगा बायर्नलाई  बुन्डेसलिगा लिग फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । अन्तिम लिग खेलमा म्युनिखले कोल्नलाई २–१ गोल अन्तरले पराजित ग¥यो । 

प्रतिस्पर्धात्मक यसपालिको लिग जित्ने होडमा बोरुसिया डर्टमन्डलाई म्युनिखले गोल अन्तरले पछाडि पारेर उपाधि हासिल ग-यो । 

दुवै टिमको समान ७१ अङ्क भए पनि गोलअन्तरमा डर्टमन्ड पखाडि प¥यो । अन्तिम खेलमा मेन्जसँग २–२ गोलले  बराबरीमा रोकिँदा पनि डर्टमन्डलाई ठूलो क्षति पुग्यो ।  

म्युनिखले लगातार ११औँ पटक बुन्डेसलिगा जितेको छ । सन् २०११–१२ को सिजनपछि म्युनिख लगातार च्याम्पियन हुँदै आएको छ । म्युनिखको यो समग्रमा ३२औँ उपाधि भएको छ । 

मेसीको कीर्तिमानी गोल फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । पीएसजी ८५ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेर उपाधि जित्न सफल भयो । 

अन्तिम खेलमा क्लेमन्ट फुटसँग ३–२ ले पराजित भए पनि त्यसअघिको खेलमा स्टार्सवर्गसँग १–१ ले बराबरी खेल्दै पीएसजीले एक खेलअघि नै लिग वानको उपाधि पक्का गरेको थियो । 

त्यो खेलमा लियोनल मेसीले गोल गरे । युरोपको शीर्ष पाँच लिगमा मेसीको यो ४९६औँ गोल भयो । यससँगै उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् । साथै मेसीले पीएसजीसँगको सम्झौता पनि सकाएका छन् । उनले २२ महिना पीएसजीमा रहेर खेले । 

स्पेनी बार्सिलोनालाई स्पेनी लिग ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । ८८ अङ्कसहित बार्सिलोना पहिलो भयो । दोस्रो स्थानको रियाल मड्रिडको ७८ तथा तेस्रो एथलेटिको मड्रिडको ७७ अङ्क रह्यो । ७१ अङ्कसहित रियल सोसिडाडले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १६औँ संस्करणको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । फाइनलमा गत विजेता गुजरात टाइटान्सलाई चेन्नईले पाँच विकेटले पराजित ग-यो । 

दस टोलीले सहभागिता जनाएको यो प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरात दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो । लखनउ सुपर जाइन्टस तेस्रो तथा मुम्बई इन्डियन्स चौथो हुँदै प्लेअफमा पुगेका थिए । इलिमिनेटरमा मुम्बईले लखनउलाई हराएको थियो ।

१६औँ संस्करणको समाप्तिसम्म उपाधि जित्नमा चेन्नईले मुम्बईको बराबरी गरेको छ । दुवै टिमले अहिलेसम्म पाँच–पाँच पटक उपाधि जितेका छन् ।