• ४ वैशाख २०८१, मङ्गलबार

एमाले निकट अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी

blog

गोरखापत्र अनलाइन

धनगढी, असार ८ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । 

संघको दुई उपाध्यक्षमा विना भट्ट (वैतडी) र मिनादेवी ओली (डोटी) चयन हुनुभएको छ । त्यस्तै, सचिवमा खिमा चन्द (कञ्चनपुर), सहसचिवमा बुनी थापा रोकाया (बझाङ), कोषाध्यक्षमा लक्ष्मीकुमारी शाही (कैलाली) निर्वाचित हुनुभएको छ । 

सोहीअनुसार सदस्यहरुमा कैलालीबाट गीता चौधरी, जानकी चौधरी, सरिता सिजापति, गंगा थापा, विमला न्यौपाने, हेमा बोहरा, कमला कुँवर खड्का, जलुदेवी साउद, तारामाया तामा , मिनादेवी चौधरी, चित्रा ओझा, गिता बस्नेत, रेखा चौधरी, मायाकुमारी घिमिरे, प्यारीकुमारी शाही, वसन्ती सोप, संगीताकुमारी विश्वकर्मा, रत्नाकुँवर जोशी, पार्वतीदेवी धामी, नरमाया श्रेष्ठ रहनुभएको छ ।


यस्तै, कञ्चनपुरबाट भावना रेग्मी, कलावती ऐरी, दिलसरा निर्मला, वडुवाल खत्री, निर्मला बडुवाल, नन्दा जोशी भट्ट, कल्पना रिमाल, उमा साउद, मिना धामी, सीता भण्डारी, दुर्गा खरेल, सकुन्तला क्षेत्री, शारदा विक चयन हुनुभएको छ । 

त्यस्तै, डोटीबाट तुल्छाकुमारी साउद, भगवतीदेवी वम, रेखा नागरी नेपाली, कमला ओझा सदस्यमा चयन हुनुभएको छ । सोहीअनुसार अछामबाट भावनाकुमारी खड्का केसी, सुस्मिता साउद, राधिका सञ्ज्याल, हेमा शाही रहनुभएको छ । 

त्यस्तै, बैतडीबाट आशा पाल,  बिन्दु सार्की, हेमा कापडी, मञ्जु भट्ट, लिला विष्ट सदस्य चयन हुनुभएको । यसैबीच, बझाङबाट सदस्यमा अस्मीताकुमारी चुनारा, भद्रकला सिंह, सरिताकुमारी भण्डारी खड्का, रुपादेवी सिंह रहनुभएको छ । यस्तै, दार्चुलाबाट शान्तिदेवी धामी, डडेल्धुराबाट वसन्तीदेवी ऐर र रमा पुन बोहरा चयन हुनुभएको छ । यस्तै, बाजुराबाट जालपा शाही, विनिता रावल, अम्बिका भट्ट, विमला थापा र लक्षु सार्की सदस्य चयन हुनुभएको छ ।