• १५ वैशाख २०८१, शनिबार

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल २०२३ हुँदै

blog

काठमाडौं, वैशाख ११ गते । “सबैका लागि मानवअधिकार उत्सव” नारासँगै नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (एनइयुएफएफ) २०२३, अप्रिल २८ अर्थात् वैशाख १५ बाट सुरु हुने भएको छ ।

द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले नेपाल युरोपियन युनियन फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ । महेन्द्रनगरपछि दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ भने यस संस्करणको अन्तिम प्रदर्शनी चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ सम्म हुने बताइएको छ ।

यस्तै, महोत्सवमा युरोपका खातीप्राप्त निर्देशकहरुले निर्देशन गर्नुभएका आठ वटा फिल्मसँगै नेपालका युवा फिल्म निर्देशकहरुले निर्माण गर्नुभएका छोटा फिल्महरू प्रदर्शन गरिनेछन् । सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरूको महोत्सवको सुरुमा यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ। फिल्मले आप्रवासन मुख्य मानवअधिकारको कथालाई प्रस्तुत गर्छ ।

“मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष भएको छ । यसै सन्दर्भमा हामीले चलचित्र महोत्सवको लागि "सबैका लागि मानवअधिकार उत्सव" भन्ने मूल विषय छानेका छौँ, नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भन्नुभयो, "यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ ।"

यससँगै युरोपियन युनियन नेपालले 'मानवअधिकार प्रवद्धर्नमा फिल्मको भूमिका’ विषयमा छलफल पनि आयोजना गर्नेछ । यस छलफलमा युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनीस्ल्यास इड सहभागी हुनेछन् भने नेपालबाट चलचित्र निर्माता तथा निर्देशक अरुण डेओ जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुनेछन् । यस छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा वैशाख ३० गते दिउँसो ३ देखि ४:३० सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहानीले निर्देशन गर्नुभएको अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेको रमोना (स्पेन), दोनातो रोतुनको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाजी सन्जभीको इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशनमा बनेको इनभिजिबल (लिथुआनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनको डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गर्नुभएको मित्र (नेदरल्याण्डस्) छन् ।

यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरू पनि हर्ने पाइनेछ । अङ्कित खड्कीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाईक माधुरी दीक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिक पनि प्रदर्शन गरिनेछन् ।

नेपाली युवा फिल्म निर्माताहरूका अन्य फिल्महरूमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको डिफिटिङ्ग क्लाउडस् छन् ।

यस वर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासडरको रूपमा अभिनेत्री मिरुना मगर हुनुहुन्छ । कार्यक्रममा अभिनेत्री मिरुना मगरले मानव अधिकारको प्रवर्द्धनमा चलचित्रले ठूलो भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभयो । 

फिल्मले विश्वभर छरिएर रहेका जनताहरूलाई एकसाथ ल्याउन लगायत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान जस्तै यौनिक तथा अल्पसङ्ख्यक समुदाय र मानव अधिकारको विषयमा आवाज उठाउन मद्दत गरेको छ, अभिनेत्री मगरले भन्नुभयो । 

विगत ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले यस महोत्सव गर्दै आएको छ । यस महोत्सवले युरोपीयन र नेपाली फिल्म निर्माता तथा फिल्ममा रुचि राख्नेहरुबीच सम्बन्ध र सांस्कृतिक संवादको बाटो खोल्न सहजीकरणसमेत गरेको छ ।