• १४ वैशाख २०८१, शुक्रबार

शिविरमा आठ सय जनाकाे निःशुल्क उपचार

blog

शिविरमा सहभागि मुगुका स्थानीयबासी ।तस्विर: हरि कृष्ण ऐडी

मुगु , जेठ १५ गते ।  मुगुको जिल्ला अस्पतालमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभरबाट आठ सय जनाले सेवा लिएका हुन् । 

मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफ इभिको आर्थिक सहयोगमा  शिविर सञ्चालन भएको हो । शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ डाक्टरको उपस्थितमा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । 

संस्थाले  जिल्लाका मुटुरोगीका  बिरामीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको बताउनुभयो । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणिअधिकारिको नेतृत्वमा सातजना  डाक्टर र चार जना प्राविधिकहरु सहित  ११ जनाको टोलिले शिविरमा मुटुरोगको परिक्षण र औषधी समेत निःशुल्क उपलब्ध गरिएको रोकायाको भनाई छ ।

संस्थाले खत्याड गाउँपालिकाको रातापनिमा यहि जेठ १७ र १८ गते त्यसैगरि सोरुगाउँ पालिकामा जेठ २१ , २२, २३ गते मुगमकार्मारोङ गाउँपालिकाको पुलुमा गत वर्षको शिविरमा सल्यक्रिया गर्नुपर्ने १० जना बिरामीलाई पनि जेठ २६ र २७ गते जिल्ला अस्पताल मुगुमा सल्यक्रिया  सञ्चालन हुने जनाएको छ ।

Author

हरि कृष्ण ऐडी