• १५ वैशाख २०८१, शनिबार

पाँच दिनदेखि बेपत्ता वृद्धको शव फेला

blog

ताप्लेजुङ, माघ २३ गते । ताप्लेजुङमा पाँच दिनदेखि बेपत्ता एक वृद्ध मृत फेला परेका छन् । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वृद्ध ७१ वर्षीय रामबहादुर महताराको पाँच दिनपछि मृत शव फेला परेको हो ।

प्रहरीका अनुसार सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–७ दोखुको तोक्मेडाँडा सामुदायिक नर्सरी वन क्षेत्रमा महताराको शव सोमबार फेला परेको हो । महतारा गत बिहीबारदेखि घरबाट निस्किएर सम्पर्कविहीन वा बेपत्ता हुनुभएको थियो । 

फुङ्लिङ बजारको वीरेन्द्र चौकस्थित छोराको घरमा बस्दै आउनुभएका महतारा घरबाट निस्केपछि सम्पर्कमा नआएकोभन्दै आफन्तले खोजतलासका लागि शनिवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उहाँको खोजतलासका क्रममा सोमबार दिउँसो नर्सरी वनमा मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार वृद्धको शव परीक्षण (पोष्टमार्टम) का लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।