• २० असार २०८१, बिहिबार

१० हजार लिटर खानेपानी निःशुल्क

blog

विष्णुप्रसाद पोखरेल
दमक, माघ ४ गते । 
झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराएको छ । गाउँसभाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै गाउँपालिका भित्र बसोबास गर्ने आम नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।

खानेपानीको १० हजार लिटरसम्म जनताले निःशुल्क पानी उपयोग गरेबापत खानेपानी उपभोक्ता समितिलाई पालिकाले आवश्यक सहयोग गर्ने जनाइएको छ । पानी निःशुल्क उपलब्ध गराए बापत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कर्मचारीहरूको मासिक तलब र विद्युत महसुल गाउँपालिकाले तिर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

गोलधाप खानेपानी सरसफाइ उपभोक्ता समितिसँग द्विपक्षीय सम्झौता गरी कार्यान्वयन समेत भइसकेको उहाँले बताउनुभयो । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्तासँग शुल्क उठाउन थालेपछि यस विषयमा स्थानीय सरकारको ध्यानाकर्षण भएको पनि लिङ्देनको भनाइ छ ।

स्थानीय सरकारसँग गरेको प्रतिबद्धता विपरीत १० हजार लिटर समेतको महसुल सङ्कलन गरिरहेको भनी आम उपभोक्ताहरूबाट जनगुनासाहरू आएकाले यस विषयमा आफूहरूको ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । उपभोक्ताहरूबाट रकम असुल गरेमा कारबाही गरिने जनाइएको छ ।

तत्कालै कार्यपालिकाको बैठक बसेर नगर सभाको निर्णय विपरीत जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई निर्णयको हुने गरी त्यसो कार्य नगर्न नगराउन निर्देशन दिई सकिएको पनि गाउँपालिका अध्यक्ष लिङ्देनले बताउनुभयो ।