• १३ साउन २०८१, आइतबार

चीनको सहरी क्षेत्रमा बेरोजगारी दर ५.२ प्रतिशत कायम

blog

बेइजिङ, माघ ३ गते । चीनमा सन् २०२३ मा सहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।

राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतयास्थिर रहेको जनाएको छ ।

सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख सहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।

चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३.६ प्रतिशतले बढेर चार हजार ७८० युआन (झण्डै ६७२ अमेरिकी डलर) पुगेको छ ।

विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमशः १४.९ प्रतिशत, ६।१ प्रतिशत र ३.९ प्रतिशत रहेको छ ।

एनबीएसका प्रमुख काङ यीले भन्नुभयो, “विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।

उहाँका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी सहरी क्षेत्रका बासिन्दा थिए ।

नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्याङ्कले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई सङ्केत गर्न सक्छ, काङले भन्नुभयो ।

एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६–२४, २५–२९ र ३०–५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक गर्ने गर्छ । रासस/सिन्ह्वा