• २५ जेठ २०८२, आइतबार

आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ,  जेठ २५ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १३ पैसा र बिक्रीदर १५६ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ १४ पैसा र बिक्रीदर १८५ रुपियाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६७ रुपियाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ७८ पैसा र बिक्रीदर ८९ रुपियाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९० पैसा र बिक्रीदर १०० रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३१ पैसा र बिक्रीदर १०६ रुपियाँ ७७ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३२ पैसा र बिक्रीदर ३२ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २५ पैसा र बिक्रीदर १४ रुपियाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपियाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ०९ पैसा र बिक्रीदर ३५६ रुपियाँ ६४ पैसा छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।