• २२ वैशाख २०८१, शनिबार

नायकका नायक ‘अभिनीत’

blog

अभिनीत चौलागाईं काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलमा कक्षा १० मा पढ्छन् । उनले कक्षा १ देखि नै नाटकमा अभिनय सुरु गरेका अभिनीतले दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेर अन्तर्राष्ट्रियस्तरबाट पुरस्कृतसमेत भएका छन् । 

उनले म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरेका छन् । भोला, उल्लु, महाराजको दाम्मी लुगा, साइँला बरै (थ्रेनोडी फर कुमार), हिरोज डन्ट कम, चार्ली एन्ड द चकलेट याक्ट्री, उज्यालोतिर, बाबु नजाऊ है धेरै टाढालगायतका नाटकबाट उनले दर्शकको मन जित्न सफल भएका थिए । 

उनको विद्यालयमा नियमित अभिनयको कक्षा हुन्छ । विद्यालयमा मात्रै नभएर उनले लालाबालाको नियमित अभिनय कक्षामा समेत अभिनय सिके । यिनै नाटकमा अभिनय गर्दै उनले विभिन्न देशको यात्रा गरेका छन् । साथीसँग उनले बेलारुसमा ‘हिरोज डन्ट कम’ नाटक देखाए । नाटक मञ्चनकै सिलसिलामा सानै उमेरमा अभिनीतले जर्मनी, पोल्यान्ड, भारत, बङ्गलादेश, फ्रान्ससमेत पुग्ने अवसर पाए । 

उनले अभिनय गरेको नाटक उल्लुको भूमिका धेरैले रुचाएका थिए । यो नाटक लालाबाला नियमित अभिनय कक्षाको नियमित नाटक मञ्चन थियो । नाटक स्टुडियो थिएटरमा मञ्चन गरिएको हो । यो नाटकमा अभिनय गर्दा उनी कक्षा ९ मा अध्ययन गर्थे । साना कक्षामा अभिनय गर्दा भन्दा ठुलो हुँदै गएपछि उनको अभिनयप्रतिको रुचि बढ्दै गए र  सफल पनि हुँदै गए ।  माझिँदै गएको छ । कक्षा १० मा उनले प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको नाटक सप्ताहमा साइँला बरै (थ्रेनोडी फर कुमार) नाटकमा अभिनय गरे । उक्त नाटकबाट उनले उत्कृष्ट अभिनेताको पुरस्कार हात पारे । नाटक मञ्चनका लागि विभिन्न देशमा पुग्दा उनले धेरै अन्तर्राष्ट्रिय कलाकारलाई साथी बनाएका छन् । अहिले उनी नाटकमा अभिनय मात्रै गर्ने नभएर साथी जम्मा गरेर नाटक तयार पार्न पनि सक्छन् । नियमित रूपमा कुनै सिप सिकेपछि त्यसमा दक्ष भइने उनको विचार छ ।

उनी सानै छँदा अभिनय गरेको चलचित्र पशुपति प्रसाद हो । उक्त चलचित्रमा पनि उनको भूमिका सबैले सम्झिरहने खालको थियो । अभिनीतलाई असाध्यै मन परेको भूमिका भने उल्लुको नाटकको चरित्रको रहेछ । यो नाटकमा अलि फरक क्षमता भएको विद्यार्थीलाई परिवार, साथीभाइ सबैले हेला गर्ने, हरेक काममा पछि पार्ने खालको चरित्रमा अभिनय गरेका थिए । यो नाटक मञ्चन गर्न अभिनीत फ्रान्स गएका थिए  । 

अभिनय मात्रै नभएर उनी नृत्य पनि गर्छन् । सानैदेखि नृत्य गर्ने उनले कक्षा ५ मा हुँदा प्रज्ञा कुञ्ज स्कुलबाट धेरै प्रतियोगीलाई पछि पारेर ‘डान्सिङ आइडल’ जितेका थिए । अभिनीत सानैदेखि गीत पनि गाउँथे । उनले सानैदेखि गाएका विभिन्न गीत युट्युबमा सुरक्षित छन् । 

प्रस्तुति : लक्ष्मी खतिवडा