• २२ वैशाख २०८१, शनिबार

सानी कोरियोग्राफर लिडिया

blog

सानै उमेरदेखि उनी नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । आमाबाबालाई सम्झना भएसम्म सानो उमेरमै छँदा पनि कुनै दिन पनि छोरीलाई नृत्य सिकाउनै परेन । कसरी कतिबेला समय मिलाएर उनले नाच्ने अभ्यास गर्थिन् । आमाबाबालाई पनि थाहा छैन । उनै सानी नानी हुन् लिडिया  स्याङ्वो तामाङ । उनी सामाखु्सीमा रहेको  काठमाडौँ ग्लोबल स्कुलमा कक्षा ८ मा पढ्छिन् । अहिले उनी म्युजिक भिडियोको गीतमा कोरियोग्राफी गर्छिन् । 

लिडियाले धेरै मेडल, पुरस्कार र अवार्ड पाएकी छ्न् । विभिन्न समयमा हुने विद्यालयस्तरीय, जिल्लाव्यापी र राष्ट्रियव्यापी नृत्य प्रतियोगितामा उनले सधैँ पुरस्कार हात पारिरहेकी छ्नि  । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी लिडियाका नृत्यबाहेक पनि नयाँ नयाँ कुरा सिक्ने प्रयास जारी नै छ । उनी राम्रो तेक्वान्डो खेलाडी पनि हुन् । लिडियाले सात वर्षको उमेरमा स्टेजमा नाचेर दर्शकबाट र अतिथिका रूपमा आउनुभएका मन्त्रीबाट प्रोत्साहनस्वरूप १० हजार नगद पाएकी थिइन् । विद्यालयबाट आएपछि गृहकार्य सकिनासाथ उनी अहिले साना केटाकेटीलाई नृत्य सिकाउने गर्छिन् । आफू जस्तै र आफूभन्दा सानालाई सिकाउन पाउँदा उनी दङ्ग छिन् । साना केटाकेटी पनि आफ्नै उमेरकासँग सिक्न पाउँदा खुसी नै देखिन्थे । सामाखुसीमा रहेको एस के इन्टरटेनमेन्टमा भेटिएकी लिडियाले मुनासँगको कुराकानीको क्रममा सबै प्रकारको गीतमा नृत्य गर्न र सिकाउनसमेत सुरु गरिरहेको बताइन् । 

प्रस्तुति : लक्ष्मी खतिवडा