• १२ साउन २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २५ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगङ्गा नगरपालिका–३ कुचैनीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको उपचारको क्रममा ज्यान गएको छ । यसैगरी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३९ वर्षीय तेजबहादुर सार्की घाइते हुनुभएको छ । उहाँको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।