काठमाडौं, कात्तिक १३ गते । आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको उद्घाटन खेलमा सोमबार सिङ्गापुरले घरेलु टिम नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदमानमा अब नेपालले पहिलो खेल जित्न १४६ रन बनाउनुपर्नेछ । सिङ्गापुरका लागि प्रारम्भिक ब्याट्सम्यान रोहन रङ्गराजनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फाेटक पालि खेलेपछि नेपालले ठूलै स्कोर पछ्याउनुपर्ने स्थिति बनेको थियो । तर लेग स्पीनर सन्दीप लामिछाने र अलरान्डर गुलसन झाले लगातार विकेट निकालेर सिङ्गापुरका मध्यक्रमलाई शान्त पार्नुभयो ।
सन्दीपल ७.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्किएको हो । यसअघि, सिङ्गापुरले पहिलो पावर प्लेमा एक विकेटका क्षतिमा ५१ रन बनाइसकेको थियो । त्यसपछि गुल्सन झाले आप्mनो पहिलो ओभरमा नै दुई विकेट निकालेपछि सिङ्गापुरले ५४ रन बन्दा चार विकेट गुमाएको थियो । तर पहिलो टि२० अन्तर्राष्ट्रियल खेल खेलिरहेका आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाएर सिङ्गापुरलाई प्रतिस्प्र्धात्मक लक्ष्यसम्म पुर्याउनुभयो । उहाँको पालिमा पाँच चौका सामेल थियो ।
नेपालका लागि गुलसनले चार ओभरमा २१ रन, सन्दीपले ४ ओभरमा १८ रन र करण केसीले ४ ओभरमा ३६ रन खर्चेर समान दुई–दुई विकेट लिनुभयो । सुरुका दुई ओभरमा महँगो सावित भएका तेज बलर अविनाश बोहराले चार आेभरमा ४४ रन दिएर सर्वाधिक तीन विकेट हासिल गर्नुभयो ।
दीपेन्द्र घाइते
नेपाली टिममा प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी अभ्यासको क्रममा घाइते भएपछि अन्तिम समयमा सिङ्गापुरविरुद्ध खेल्नबाट वञ्चित हुनुभएको छ । उहाँ प्लेइङ एघारमा हुुनुहुन्थ्यो । तर अन्तिम समयमा दीपेन्द्र खेल्न नसक्ने भएपछि र सिङ्गापुर पनि खेलाडी परिवर्तन गर्न सहमत बनेपछि विवेक यादवले खेल्ने मौका पाउनुभएको छ ।