• ३० वैशाख २०८२, मङ्गलबार

पर्यटन प्रवर्द्धन गर्न छ दिने बुलेट राइड

blog

काठमाडौं, कात्तिक ९ गते । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ छ दिनको बुलेट राइडको आयोजना हुने भएको छ ।

४५ वटा बुलेट बाइक समावेश हुने सो राइड शुक्रबारदेखि बुधबारसम्म हुनेछ । सो राइड काठमाडौंदेखि ढोरपाटन शिकार आरक्षसम्म सञ्चालन हुन लागेको छ । 

पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैटाैं दिन पोखरादेखि काठमाडौं आएर सो कार्यक्रम समापन हुनेछ ।

बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) ले हरेक वर्ष नेपालका कम्तीमा तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएको छ । पछिल्ला वर्ष सो राइड भारतको सिक्किम ग्यान्टोक पुगेको थियो ।