• २८ मङ्सिर २०८२, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा एसिसी यु–१९ विजेता नेपाली खेलाडीको प्रसंशा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले खेलाडीको प्रसंशा गर्नुभएको हो ।  

नेपाली क्रिकेट टोलीले गर्विलो उपाधी जित्न सफल भएको सामाजिक सञ्जालमा उहाँले उल्लेख गर्नुभएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो । नेपाली खेलाडीको विजयीसँगै खेल प्रेमी नेपालीले खेलाडिको प्रसंशा गर्दै बधाई दिइरहेका छन् ।