• १३ मंसिर २०८१, बिहिबार

युएईले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दियो

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १ गते । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको हो । युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिनुभएको छ । उहाँले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिनुभएको छ । 

त्यस्तै अलि नासिरले ३२ रन बनाउनुभयो । उहाँले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाउनुभएको छ । कप्तान मोहम्मद वासिमले १७ रन बनाउनुभएको छ भने आसिफ खानले १५ रन जोड्नु भएको छ । नेपालका लागि करण केसीले तीन विकेट लिनुभयो भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक-एक विकेट लिनुभएको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस