काठमाडौं, असोज २६ गते । विद्युतीय चुरोट (भेप) मार्फत अवैध रुपमा सुन तस्करी तथा बिक्री प्रकरणमा परेका राहुल भनिने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले शुक्रबार अदालतले सो थुनछेक आदेश दिएको जानकारी दिनुभयो ।
यसै प्रकरणमा मुद्दा चलाइएका लोकेन्द्रकुमार पौडेलसँग भने पाँच लाख रुपियाँ धरौटी माग गरिएको छ ।
भेप प्रकरणका चार प्रतिवादीमध्ये निमा गुरुङ फरार छन् ।