काठमाडौं, असोज २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको तीन मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी र गैरकानूनी लाभ गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।
उहाँका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना भएको आरोपमा डा. नरेश प्रताप केसीसहित तीन जना, हानन्द खनालसहित चार जना र महेश कुमार यादवसहित नौ जनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरिएको छ ।